बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०१:४०
वासिङटन डिसी 15:55

बालिका बलात्कार अभियोगमा खड्गबहादुरलाई आठ वर्ष जेल

इनेप्लिज २०७१ फागुन १३ गते ५:०७ मा प्रकाशित

jail-650x250सोलुखुम्बु, १३ फागुन । सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेलसजाय तोकिएको छ ।

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने विकलाई मङ्गलबार सो आदेश दिएको हो ।

साथै पीडितका परिवारलाई क्षतिपूर्तिवापत रु ५० हजार भराउन पनि आदेश दिएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद भटराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया