हामी आफैँ सबल बनेमा बाह्य हस्तक्षेप अन्त्य हुन्छ: मन्त्री पाण्डे

इनेप्लिज २०७१ फागुन ११ गते १३:५२ मा प्रकाशित

Mahendra-Pandeyकाठमाडौँ, ११ फागुन । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हामी आफैं सवल बन्नसके बाह्य हस्तक्षेपको क्रम अन्त्य हुने बताउनुभएको छ ।

बोस्टर मिडियाद्वारा आज आयोजित ‘नेपालमा धार्मिक सहिष्णुता र वैदेशिक हस्तक्षेप’ विषयक अन्तरक्रियामा उहाँले आ–आफ्नो जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गरे अर्काले हस्तक्षेप गर्ने वातावरण अन्त्य हुनेछ भन्नुभयो ।

नेपालका प्राकृतिक सम्पदा परिचालन गरेर देशलाई समृद्ध बनाउन सकिनेमा जोड दिँदै मन्त्री पाण्डेले शान्ति र समृद्धिको मार्गमा उन्मुख गराउन संविधान अपरिहार्य हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सभासद् मोहनसिंह राठौर, बहादुरसिंह तामाङ, गीता राणा, एनेकपा माओवादीका हिमाल शर्मा, रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमला, बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुङ्गानालगायतले देशमा लामो समयसम्म सङ्क्रमणकाल लम्बिरहेका कारण बाह्य हस्तक्षेप एवम् अराजकता बढिरहेको बताउनुभयो ।

उक्त अवसरमा मन्त्री पाण्डेले बोष्टर मिडियाले सञ्चालनमा ल्याएको ल्भउबाियिचष्मब। साथै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत डा.अर्जुन सिंह, गान्धी पण्डित, ऋषी धमला, बलराम न्यौपानेलगायतलाई मिडियाका तर्फबाट सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया