प्रहरीले बनायो गोरखामा पुस्तकालय
गोरखाबजार, ११ फागुन । नागरिकलाई शिक्षित बनाउन जिल्ला प्रहरी कार्यालय गोरखाले कार्यालय परिसरभित्र पुस्तकालय निर्माण गरेको छ ।
जिप्रकाभित्र कार्यरत रहेका प्रहरी र जिल्लाभर रहेका आम नागरिकलाई शिक्षित बनाउन सञ्चालनमा ल्याएको पुस्तकालयको आइतबार क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब महानिरीक्षक पङ्कज श्रेष्ठले उद्घाटन गर्नुभयो ।
“नागरिक तथा प्रहरीलाई शिक्षित बनाउन जिप्रकाले महत्वपूर्ण भूमिका खेलेको छ”–प्रहरी नायब महानिरीक्षक श्रेष्ठले भन्नुभयो–“अन्य जिल्लामा रहेका प्रहरी कार्यालयले पनि गोरखाबाट पाठ सिक्नुपर्छ ।” पुस्तकालयमा राख्नका लागि आफूले केही पुस्तक उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुस्तकालयमा कानुन, मानव अधिकारसम्बन्धी, उपन्यास, कथाका साथै विभिन्न राष्ट्रिय लेखक तथा अन्तर्राष्ट्रिय लेखकले लेखेको पुस्तकहरु राखिएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । जिल्ला विकास समितिको एक लाख रुपैयाँ, गोरखा नगरपालिकाको एक थान कम्प्युटरसहित ३१ हजार रुपैयाँ, सिम्जुङ्ग गाविसका समाजसेवी प्रकाशचन्द्र दवाडी, हमरटारीका विक्रम बस्नेतलगायतको सहयोगले पुस्तकालय निर्माण गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया