बहुमतको दम्भमा बनाइने संविधान मान्य हुँदैन : अध्यक्ष यादव
राजविराज, ९ फागुन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बहुमतको दम्भमा वर्तमान सरकारले जनविरोधी संविधान बनाए त्यो आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
तीस दलीय मोर्चाद्वारा आज राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले) सँग दुईतिहाई बहुमतबाट संविधान निर्माण गर्ने ताकत नरहेको दाबी गर्नुभयो । उहाँले हिम्मत भए बहुमतबाट संविधान बनाएर देखाउन चुनौतीसमेत दिनुभयो ।
वार्ता र संवादका लागि आफूहरु तयार रहेको स्पष्ट पार्दै अध्यक्ष यादवले भन्नुभयो, “विगतमा गरिएका सहमति, सम्झौता र समझदारीको के हुने हो, संविधानमा राखिन्छ कि राखिँदैन त्यो कुरा पहिला नै स्पष्ट हुनुपर्छ ।”
पहिले गरिएका सहमति÷सम्झौताका आधारमा संविधान बनाउने, सभामुखले चालेको कदम फिर्ता, सहमतिको आधारमा संविधान बनाउने प्रतिबद्धता आएमा आफूहरु वार्तामा बस्ने उहाँले बताउनुभयो । “पछिल्लो समयमा गरिएका सहमति÷सम्झौता लागू गरिँदैन भने वार्ताबाट हुने सहमति लागू गरिन्छ भन्ने कुराको के विश्वास ?”–उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो ।
विरोध सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी)का पोलिटब्यूरो सदस्य रामचन्द्र झाले मधेसको गौरवमय इतिहासलाई धुमिल पार्ने षडयन्त्र भइरहेको बताउँदै काँग्रेस र एमालेले सदैव मधेससँग बेइमानी गरिरहेको आरोप लगाउनुभयो ।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले सङ्कटग्रस्त मुलुकलाई निकास दिन सहमतिमा संविधान बनाउनु आवश्यक रहेको बताउनुभयो ।
सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले बहुमतको दम्भमा संविधान बनाए मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का महासचिव मृगेन्द्रकुमार सिंह यादवले बहुमतको बलमा संविधान बनाइए मधेस र मधेसी जनताले स्वीकार नगर्ने बताउनुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया