अस्थायी चर्पी नबनाए पन्ध्रसय जरिवाना

इनेप्लिज २०७१ फागुन ९ गते १:३२ मा प्रकाशित

indexसोलुखुम्बु, ९ फागुन । सोलुखुम्बुको मुक्ली गाविसभित्र जो कसैले विवाह, व्रतबन्ध, काजक्रियाजस्ता सामाजिक कार्य गर्दा मानिस भेला हुने स्थानमा अनिवार्य अस्थायी चर्पी बनाउनुपर्ने भएको छ ।

गाउँस्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति मुक्लीको शुक्रबार सम्पन्न बैठकले सामाजिक कार्यमा अस्थायी शौचालय अनिवार्य गरेको हो ।

त्यस्तो शौचालय नबनाई सामाजिक कार्य गरेमा त्यस्ता घरपरिवारलाई रु एक हजार ५०० जरिवाना असुल गर्ने पनि समितिले निर्णय गरेको सहजकर्ता पुष्पा राईले जानकारी दिनुभयो ।

अस्थायी शौचालय नहुँदा जथाभावी पिसाव फर्ने गरेको पाइएकाले मानिसको जमघट हुने स्थानमा नै चर्पी निर्माण गर्नुपर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यही फागुन २९ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको सो गाविसमा अब १६ घरधुरीले चर्पी बनाउन बाँकी रहेको कारण उनीहरुलाई फागुण १५ गतेसम्मको समयसीमा समितिले दिएको छ ।

प्रतिक्रिया