सोलुखुम्बुमा चट्याङ लागेर तीन जनाको मृत्यु

इनेप्लिज २०७१ फागुन ७ गते ६:०४ मा प्रकाशित

thunderstromeसोलुखुम्बु, ७ फागुन । गएराति परेको चट्याङ लागेर सोलुखुम्बुमा तीन जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर वाकु– १ का ४१ वर्षीय दण्डीप्रसाद घिमिरे, वाकु– १ कै ११ वर्षीया अनिशा राई र ३२ वर्षीय रमेश विकको मृत्युभएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।

त्यस्तै चट्याङ लागेर पूर्णबहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । गाविसमा वितरीत ११ किलोवाट क्षमताको पावरहाउस नजिकै चट्याङ परेको थियो ।

प्रतिक्रिया