डडेल्धुराबाटै आठ हजारभन्दा बढी युवा विदेश पलायन
इनेप्लिज
२०७१ फागुन ६ गते ४:२५ मा प्रकाशित
भीमदत्तनगर, ६ फागुन । पछिल्लो समय डडेल्धुरामा रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएको छ ।
हालसम्म डडेल्धुराबाट ४६ महिला र ८ हजार २६१ गरी आठ हजार ३०७ जना वैदेशिक रोजगारीमा गएको स्थानीय विकास अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।
श्रम तथा रोजगार मन्त्रालयले यहाँ आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अनुशिक्षण कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत हीरादेवी पौडेलले प्रतिवर्ष चार लाख ५० हजार युवा श्रम बजारमा पुग्ने गरेको जानकारी दिनुभयो । उहाँले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म युवा नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको र उक्त सङ्ख्या अहिलेसम्म ३७ लाख नाघिसकेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारी सुरक्षित हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया