शान्ति सम्झौताको एक अभिन्न अङ्ग संविधान: उपप्रधानमन्त्री सिंह
पुतलीबजार (स्याङ्जा), ३ फागुन । उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विस्तृत शान्ति सम्झौताको एक अभिन्न पाटो संविधान निर्माण गर्नु रहेको बताउँदै एकीकृत नेकपा माओवादीले सडकबाट संविधान बनाउँछु भन्नु गैरजिम्मेवारीपूर्ण रहेको बताउनुभएको छ ।
स्याङ्जाको मालुङ्गा गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि आइतबार यहाँ आउनुभएका उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेस कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
संविधानसभा निर्वाचनमा भाग पनि लिने, नियमावली पनि बनाउने तर संविधान निर्माणमा सहयोग नगरेका कारण संविधान बन्न नसकेको सिंहले दाबी गर्नुभयो ।
यसैबीच, उपप्रधानमन्त्री सिंहले आइतबार बिहान स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा सरकारको प्राथमिकता सुशासन भएको हुँदा विकास निर्माणलगायतका सरकारका काम छिटो, छरितो र पारदर्शी रुपमा गर्न गराउनसमेत निर्देशन दिनुभएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया