चाँदीसहित दुई युवक पक्राउ
इनेप्लिज
२०७१ फागुन ३ गते ३:३२ मा प्रकाशित
लहान, ३ फागुन । प्रहरीको गस्ती टोलीले गए राति सिरहा नगरपालिका–१६ स्थित सडकखण्डबाट १० किलोभन्दा बढी चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले माडरबाट सिरहातर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार भारतको मधुवनी रोगनी देहर–११ निवासी २४ वर्षीय राजीव कामती र २५ वर्षीय पुजन कामतलाई १० किलो ९०० ग्राम चाँदीसहित दुर्गा मन्दिरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।
अभियुक्त दुवैलाई इलाका प्रहरी कार्यालय माडरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया