दुर्घटना रोक्न समय तालिका कार्ड
इनेप्लिज
२०७१ फागुन २ गते ३:५७ मा प्रकाशित
जाजरकोट, २ फागुन । प्रहरीले शुक्रबारदेखि जाजरकोटमा पहिलो पटक यातायात समय तालिका कार्ड सुरु गरेको छ ।
जथाभावी गाडी चलाउँदा हुने सडक दुर्घटना न्यूनीकरण गर्न समय तालिका कार्ड सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, प्रहरी नायब उपरीक्षक दिनेशराज मैनाली र नागरिक समाजका अध्यक्ष केशवजङ्ग शाहले यातायात समय तालिका कार्ड चालकलाई दिएर यसको सुरुवात गर्नुभएको थियो ।
कार्डमा सडकको लम्बाई र कहाँ पुग्दा कति समय लाग्ने भन्ने कुरा खुलाइएको हुन्छ । समय तालिका कार्ड प्रयोग गर्दा जथाभावी गाडी हुइक्याउनबाट रोकी दुर्घटना कम हुने प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया