एमाओवादी र मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह

इनेप्लिज २०७१ फागुन १ गते १५:०८ मा प्रकाशित

ramchandra-paudelविराटनगर, १ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान बनाउने कार्यमा सहयात्री नछुटून् भन्ने उद्देश्यले एमाओवादी र मधेसवादी दललाई पनि श्रेय दिने गरी सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले शान्ति र लोकतन्त्रका लागि बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएकाले आपूmहरु सोहीअनुसार अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले समानान्तर सरकार गठन गर्नेजस्ता नारा दिएर जनतालाई नझुक्याउन आग्रह गर्दै एकीकृत माओवादीलाई आफ्नो गरिमा नघटाई मुख्य काम संविधान निर्माणमा जुट्न अनुरोध गर्नुभयो ।

उपसभापति पौडेलले मुख्य चार विवादित विषय शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली र सङ्घीय संरचनाबारे करिब–करिब सहमति भइसकेकाले वार्ता र संवादबाट संविधान निर्माण गर्ने प्रक्रियामा आफूहरु अघि बढेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया