पाँचवटा आधारभूत अधिकार: मन्त्री आचार्य
इनेप्लिज
२०७१ फागुन १ गते १४:३४ मा प्रकाशित
परासी, १ फागुन । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले मानवीय जीवनलाई मर्यादित बनाउन पाँचवटा आधारभूत अधिकार जनतामा प्रत्याभूत गराउन संविधानमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवलपरासीको कावासोतीमा रहेको नेपाल मध्यबिन्दु सामुदायिक स्मृति अस्पतालको सातौं साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री आचार्यले स्वतन्त्र र लोकतान्त्रिक पद्धतिको संविधान निर्माणका आधारभूत मान्यता भनेकै सर्वसाधारण जनताका लागि खाद्यान्न, आवास, शिक्षा, स्वास्थ्य र क्षमताअनुसारको रोजगारीको अधिकार प्रत्याभूत गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।
जनताले आफ्नो हकअधिकारका बारेमा सचेत हुन सके मात्र जीवनस्तर उकास्न सहयोग हुने उहाँको भनाइ थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया