पैँतीस हजार युवाले रोजगारी पाउने: उद्योग मन्त्री
इनेप्लिज
२०७१ फागुन १ गते ११:१० मा प्रकाशित
पाल्पा, १ फागुन । उद्योग मन्त्री महेश बस्नेतले स्वदेशी र विदेशी उद्योग पूर्ण रुपमा सञ्चालनमा आए ३५ हजार बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिन सकिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले नेपालमा विदेशी लागनीकर्ताले रु ८० अर्ब लगानीमा १५० वटा उद्योग सञ्चालन गर्न अनुमति पाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वदेशी लगानीकर्ताको सवा करोड रुपैयाँको लगानीमा ३०० वटा उद्योग सञ्चालनमा आउने छन् । प्रस्तावित ती उद्योग सञ्चालनमा ल्याउन सकिए युवा विदेश पलायन हुनबाट रोकिने र त्यसका औद्योगिक नीति संशोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
उद्योग मन्त्रालयले १०२ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया