देशले आन्दोलन र द्वन्द्व थेग्न सक्दैन: गच्छदार

इनेप्लिज २०७१ माघ २७ गते १६:२७ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYकाठमाडौँ, २७ माघ । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान अवस्थामा देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज बुझाएको ज्ञापनपत्र लिँदै उहाँले आन्दोलनका पक्षमा आफू नभएको बताउँदै आन्दोलन नभई सहमतिका साथ अघि बढनुपर्नेमा जोड दिनुभयोे । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष नेतृत्वको ३० दलीय मोर्चामा रहनुभएका गच्छदारले देश अहिले बन्द, हड्ताल र आन्दोलनमा जान नसक्ने भएकाले सहमतिको बाटो रोज्नुपर्ने बताउँदै सहमतिको विकल्प छैन भन्नुभयो ।

सहमतिको वातावरण बनाउनका लागि सत्तारुढका दलका तर्फबाट प्रधानमन्त्री लचिलो हुनपर्नेमा जोड दिँदै उहाँले टुटेको वार्ता पक्रियालाई मिलाउन प्रधानमन्त्रीकै जिम्मेवारी भएको बताउँदै प्रश्नावली समितिले तयार पारेको प्रतिवेदनलाई समेत रोकेर वार्तामा बोलाउन आग्रह गर्नुभयो । “उहाँले चाहे भने दलबीच तुरुन्तै वार्ता हुन सक्छ, सत्तारुढ दलले दुई तिहाइका बहुमतबाट संविधान जारी गर्ने दम्भ त्यागी प्रतिपक्षीले पनि सडकमा जाने घमण्ड त्याग्नुपर्छ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया