एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आउन एमालेको आह्वान
काठमाडौँ, २४ माघ । नेकपा (एमाले) स्थायी कमिटी बैठकले एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फेरि सहमति र वार्तामा आएर संविधान लेखनमा सहभागी हुन आह्वान गरेको छ ।
एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा आज बसेको बैठकमा एमाओवादी र मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि पार्टी हदैसम्मको लचिलो हुनुपर्ने बैठकमा छलफल भएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । बैठकले नेपाली जनताले मुलुकमा स्थायी शान्ति र संविधान बनोस् भन्ने चाहाना भएको तर अहिले आन्दोलन गर्ने नभएको निष्कर्ष निकालेको छ ।
यही माघ ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ता सकारात्मक भएको बताउँदै बैठकले आगामी दिनमा पनि वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो । कार्यविभाजनलगायत विषयमा छलफल गर्न आइतबार मध्याह्न १२ बजे पुनः बस्ने गरी बैठक सकिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया