आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०५:०५
वासिङटन डिसी 19:20

कला संस्कृतिको विकासमा आशावादीको योगदान अतुलनीय: मन्त्री डा रिजाल

इनेप्लिज २०७१ माघ २४ गते ११:५१ मा प्रकाशित

minendra-rijalविराटनगर, २४ माघ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले मोरङको कला संस्कृतिको विकासमा चतुर्भुज आशावादीको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको स्मृतिमा भानु कलाकेन्द्रद्वारा आज विराटनगरमा आयोजित पूर्वाञ्चल विद्यालयस्तरीय जातीय लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा समेत संलग्न रहनुभएका आशावादीको योगदान अविस्मरणीय रहेको धारणा प्रकट गर्नुभयो ।

मन्त्री डा रिजालले आशावादीको स्मृतिमा आयोजित पूर्वाञ्चलस्तरीय नृत्यका सहभागीहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नसमेत सुझाव दिनुभयो ।

प्रतिक्रिया