महामन्त्री गुरुङको शल्यक्रिया
इनेप्लिज
२०७१ माघ २३ गते १५:२९ मा प्रकाशित
काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा आज आँखाको शल्यक्रिया भएको छ ।
उहाँ आज दिउँसो ललितपुरस्थित बुल्स क्लबमा ब्याटमिन्टन खेल्ने क्रममा कर्कले आँखामा लागेर घाइते भई सो अस्पताल भर्ना हुनुभएको थियो ।
डा किरण शाक्यको टोलीले उहाँको शल्यक्रिया गरेको र चिकित्सकको सल्लाहअनुसार महामन्त्री गुरुङले आज अस्पतालमा आराम गर्नुहुने पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो । उहाँको स्वास्थ्यस्थिति बुझ्न पार्टी अध्यक्ष कमल थापा, उपाध्यक्ष टंक ढकाल, राजीव पराजुली अस्पताल पुग्नु भएको थियो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया