सरकारी सही छाप कीर्ते गर्नेलाई पाँच करोड बाइस लाख जरिवाना
भक्तपुर, २३ माघ । भक्तपुर जिल्ला अदालतले सरकारी सही छाप कीर्ते गर्ने पाँचजनालाई रु पाँच करोड २२ लाख जरिवाना र कैद सजायको फैसला गरेको छ ।
अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले भक्तपुर जिल्ला मातपोत कार्यालयका २०२८ साल भदौ २ गते तत्कालीन मालपोत अधिकृतको सही छाप र कार्यालयको नक्कली छाप बनाएर कीर्ते गरेको ठहर गर्दै कीर्ते महलको ७ र १२ नम्बरअनुसार आज उक्त फैसला सुनाएको हो ।
अदालतले कीर्ते गर्ने मुख्य दोषी काठ्माण्डौं महानगरपालिका–२७ केलटोल बस्ने ६१ वर्षीय उपेन्द्रदास जोशीलाई एक वर्ष कैद र बिगो बराबर एक करोड ७४ लाख रुपैयाँ जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।
अदालतले कीर्तेमा संलग्न रहेको ठहर गर्दै उपेन्द्रदासकी आमा ७० वर्षीया तुलसीमाया जोशी, उनका छोराहरु ५५ वर्षीय अरुणदास जोशी, ४९ वर्षीय अरबिन्ददास जोशीलाई जनही ६ महिना कैद र जनही ८७ लाख रुपैयाँका दरले जरिवानाको फैसला सुनाएको छ ।
त्यसैगरी मालपोत कार्यालयका लेखनदास भक्तपुर जिल्ला तत्कालीन सुडाल गाविस–९ बस्ने ४१ वर्षीय गणेशप्रसाद फुँयाललाई समेत ६ महिना कैद र ८७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
फुँयालले मुख्य दोषी उपेन्द्रदासलाई जग्गा कीर्ते गर्न सघाएको, घर भएको जग्गालाई घर छैन भनेर मूल्याङ्कन गराएको, घरसमेत नदेखाई राजीनामा गरी आफैंले लिएको पुष्टि भएकाले निजलाई कीर्ते महलको ७ र १२ नम्बरअनुसार कसुरदार ठहराई सजाय सुनाएको अदालतले जनाएको छ ।
भक्तपुरको तत्कालीन कटुञ्जे गाविस–१ (ख) कित्ता नम्बर ६७५ देखि ६८० सम्मको ७७ आना २ पैसा जग्गा मोही काठमाडौँ महानगरपालिका–२० केहिटी बस्ने गोविन्दलाल भन्ने गोविन्ददासको नाममा रहेको जग्गा कीर्ते गरी उपेन्द्रदासले २०६८ साल फागुन ११ गते फुँयालको नाममा जग्गा पास गरेपछि वादी अरविन्दलालले २०६९ साल माघ १२ गते कीर्ते गरेकामा कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।
वादीपक्षले कारबाहीका माग गरिएकामध्ये पछिल्लो पटक जग्गा किन्नेहरु भीमसेन काफ्ले, राजन बुढाथोकी, सानुमैयाँ बुढाथोकी, श्याम पुडासैनी, दीपेश कार्की र रुपेश न्यौपानेलाई भने अदालतले सफाइ दिएको छ ।
कीर्तेमा संलग्न रहेको आरोपमा कारबाहीको माग गरिएको मालपोत कार्यालयका कर्मचारी लोकनाथ भुसाल, थमप्रसाद श्रेष्ठ, राजेन्द्र काफ्ले, मोहनकुमार थापा, शान्ति बोगटी, शिवजीप्रसाद रेग्मी, धनबहादुर कटुवाल र काठमाडाँै महानगरपालिका–२७ का वडा सचिव शिवनारायण श्रेष्ठलाई पनि सफाइ दिएको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया