नहरमा डुबेर भारत कुनोलीका एक बालकको मृत्यु

इनेप्लिज २०७१ माघ २२ गते १४:०५ मा प्रकाशित

सप्तरी, २२ माघ । सप्तरीसँग सिमाना जोडिएको भारतको कुनोलीको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा भारत कुनोली–१२ बस्ने मनोज गोसामीका दुई वर्षीय छोरा राहुल रहेको प्रहरीले जनाएको छ । बालक खेल्दाखेल्दै नहरमा डुबेको स्थानीय बासिन्दाद्वारा जानकारी दिएइको छ ।

सो शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया