छुरी हानाहान हुँदा एकको मृत्यु, एक घाइते
वीरगन्ज (पर्सा), १९ माघ । दुई पक्षबीच छुरा हानाहान हुँदा गम्भीर घाइते भएका बाराको खुटवा प्रसौनी गाविस–२ का ५० वर्षीय दीनानाथ साह तेलीको मृत्यु भएको छ ।
गएराति दीनानाथ र विनोद साह तेलीबीच भएको झगडामा विनोदले प्रहार गरेको छुराबाट दीनानाथ गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका तेलीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।
उनको छाती, कञ्चट र ढाडमा गहिरो चोट लागेको थियो । छुरा प्रहारबाट विनोद पनि घाइते भएका छन् । उनको दाहिने हातमा गहिरो घाउ लागेको छ । विनोदको पनि सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
दीनानाथ र विनोद दुईजनाबीच पहिलेदेखि नै जग्गाको विषयमा विवाद रहेको र त्यही निहुँमा विनोदले छुरा प्रहार गरेको मृतक दीनानाथका छोरा सन्तोषकुमारले आरोप लगाउनुभयो । यसअघि गत होली पर्वको दिन पनि दुवै जनाबीच झगडा भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया