ग्यास अभावमा सडक अन्तरक्रिया

इनेप्लिज २०७१ माघ १८ गते १५:०६ मा प्रकाशित

P1040233काठमाडौँ, १८ माघ । संयुक्त युवा तथा विद्यार्थी सङ्गठनले सरकारको कमजोरीले ग्यास अभाव भएको बताएका छन् ।

‘एलपी ग्यासको कृतिम अभाव र सरकारी लाचारीपन’ विषयक सडक अन्तरक्रियामा  बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर एवम् अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले संसद्मा भएको उपभोक्ता संरक्षण समिति र मुख्यसचिवको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले आफ्नो काम गर्न नसक्दा ग्यासको अभाव भएको बताउनुभयो ।

ग्यास बिक्रेता महासङ्घका उपाध्यक्ष महेश्वर श्रेष्ठले माग र आपूर्तिको तालमेल नहुँदा ग्यास अभाव भएको बताउनुभयो ।

नेपाल अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले ग्यास अत्यावश्यक वस्तु भएको भन्दै यसको सहजीकरणका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

एमाओवादी निकट विद्यार्थी सङ्गठनका नेता रमेश मल्लले ग्यास अभावले सबैभन्दा ठूलो दुःख विद्यार्थीलाई हुने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय लिम्बूवान पार्टी नेपालका नेता दुर्गा लिम्बू, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक निकट विद्यार्थी नेता अखिलेश्वर यादव, मधेसी जनअधिकार फोरम नेपाल निकट विद्यार्थी नेता सञ्जय यादवलगायतले सरकारको कमजोरका कारण ग्यास अभाव भएको बताउनुभयो ।

प्रतिक्रिया