मनाङ र मुस्ताङमा भारी हिमपात
इनेप्लिज
२०७१ माघ १८ गते १०:४९ मा प्रकाशित
पोखरा, १८ माघ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा भारी हिमपात भएको छ ।
गएरातिदेखि लगातार हिउँ परिरहेको र अहिले त्यहाँ डेढफिट बाक्लो हिउँ जमेको त्यहाँका बासिन्दाले बताएका छन् ।
कोठाबाट कार्यालय आउँदा पनि बेल्चाले हिउँ पन्छाएर आएको कृषि विकास कार्यालय मनाङका एक कर्मचारीले बताए । पाखापखेरा, डाँडाकाँडा, घरका छाना अहिले त्यहाँ सेताम्मै छन् ।
त्यहाँ अत्यधिक चिसो बढेकाले मानिसहरु घरभित्रै बाक्लो लुगा लगाई आगो तापेर बस्ने गरेका छन् । चिसोले ती जिल्लाका दैनिकी कष्टकर बनेको छ ।
यस्तै मुस्ताङमा पनि दुई फिटभन्दा बढी बाक्लो हिउँ जमेको छ । मुस्ताङमा पनि अत्यधिक चिसो बढेको छ ।
मुस्ताङको जोमसोम विमानस्थलको धावनमार्गमा पनि हिउँ जमेकाले केही दिनसम्म विमान अवतरण गर्न नसकिने भएको छ ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया