राप्रपा नेपालले समिति बैठक बहिष्कार गर्ने
इनेप्लिज
२०७१ माघ १८ गते ९:३९ मा प्रकाशित
काठमाडौँ, १८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको प्रस्ताव निर्माण समितिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी प्रश्नावली बनाउने प्रस्तावको विपक्षमा आफूलाई उभ्याउँदै सो समितिको बैठक बहिष्कार गर्ने जनाएको छ ।
समितिद्वारा गठित कार्यविधि निर्माण उपसमितिले ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत विभिन्न आन्दोलनहरुका भावना र प्राप्त उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानले प्रत्याभूत गरिसकेका ती विषयमा प्रतिकूल नहुनेगरी मात्रै प्रश्नावली बनाउने प्रस्ताव तयार गरेको छ ।
राप्रपा नेपालका मुख्य सचेतक दीनानाथ गिरीले आफ्नो फरक विचारलाई प्रश्नावलीमा समावेश नगराउने सो प्रस्ताव स्वीकार्य नहुने भएकाले समितिको बैठकमा बस्नुको औचित्य नहुने बताउनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया