उखु किसानले एक वर्षमा पनि भुक्तानी पाएनन्
पथरी, १७ माघ । उखु बिक्री गरेको रकम एक वर्ष पुग्दा पनि भुक्तानी नपाएपछि मोरङका उखु किसान निरास भएका छन् ।
सुनसरीको अमाही बेलामा रहेको इस्टन सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मुल्य किसानलाई भुक्तानी नगरेपछि उखु खेती गर्दै आएका मोरङका किसान निरास भएका हुन् ।
चिनी मिलले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी नगरेपछि उखुको मुल्य नपाएको भन्दै चिन्तित भएको मोरङ कदमाहाका किसान भोला शर्माले बताउनुभयो ।
मिलले हरेक वर्ष उखुको रकम किसानलाई भुक्तानी गर्न झमेला गरेपछि किसान उखु लगाउने काम छोड्ने मनस्थितिमा पुगेको शर्माको भनाइ छ ।
यहाँका किसानका लागि उखु बिक्री गर्ने इस्टन चिनी मिलमात्र भएका कारणले किसान समस्यामा पर्ने गरेको उखु किसान विन्देश्वर यादवले बताउनुभयो ।
मिलका प्रमुख उखु प्रबन्धक सुरेस मेहताले भुक्तानी दिन ढिलो चाँडो हुने भए पनि किसानले रकम भने पाएको दाबी गर्नुभयो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया