संविधान बनेमात्र सहिदको सम्मानः उपराष्ट्रपति झा
काठमाडौँ, १६ माघ । उपराष्ट्रपति परमानन्द झाले सहमतिका आधारमा संविधान बनेमात्र सहिदको सम्मान हुने बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा ‘राष्ट्रिय सहिद तथा शान्तिपार्क स्मारक समिति’ले गोकर्णमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले उक्त कुरा बताउनुभएको हो ।
जनताको अधिकार र समाज परिवर्तनका लागि लडेका वीर योद्धाको कदर र सम्मान हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सहिद तथा शान्तिपार्क स्मारक समितिका सल्लाहकार भीमसेनदास प्रधानले सहिद प्रजातन्त्रका जन्मदाता भएकाले सहिदको सम्झनामा यस्ता पार्कहरु बन्नु सहिदप्रति सम्मान भएको बताउनुभयो ।
नेकपा एमालेका नेता रामेश्वर फुयाँलले सके सहमतीय आधारमा नभए प्रक्रियामा गएर भए पनि देशलाई निकास दिनुपर्ने बताउनुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले सहिदमाथि भेदभाव गर्नु नहुने भन्दै सहिदको मर्म र भावना अनुरुपको संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सहिद तथा शान्तिपार्क निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलले पार्क निर्माणको काम २०६७ जेठ ११ बाट सुरु भएर २०७२ जेठ ११ गते सकिनुपर्नेमा विभिन्न कारणले गर्दा थप दुई वर्ष लाग्ने बताउनुभयो ।
मन्त्रिपरिषद्को २०६४ जेठ ११ गते बसेको बैठकले गोकर्णेश्वर गाविसको यज्ञडोल सामुदायिक वनस्थित ६५० रोपनी जग्गामा उक्त राष्ट्रिय सहिद पार्क निर्माण हुन लागेको हो ।
यस्तै, यहाँ ताप्लेजुङ जिल्लाको घुन्सामा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका २४ जना संरक्षणविद् एवम् वनविज्ञको सम्झनामा ‘घुन्सा स्मृति पार्क’ र ‘निजामती पार्क’ समेत बन्ने कार्य भइरहेको छ ।
उक्त पार्क निर्माणका लागि नेपाल सरकारबाट रु ४२ करोड ७१ लाख रकम छुट्याइएको थियो ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया