आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु
इनेप्लिज
२०७१ माघ १६ गते ३:५४ मा प्रकाशित
बनेपा, १६ माघ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२ वर्षीया भागीरथी र छोरा नौ वर्षीय सुशील केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।
आगलागीबाट जस्ताले छाएको पक्की घर पनि क्षतिग्रस्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।
सो घटनामा परी दुई वटा गाई र बाच्छासमेत मरेको प्रहरीले जनाएको छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
प्रतिक्रिया