आगलागीमा परी महिलाको मृत्यु

इनेप्लिज २०७१ माघ १५ गते ६:५५ मा प्रकाशित

fire_06-300x225बागलुङ, १५ माघ । जिल्लाको बाटाकाचौर–४ मझुवास्थित प्रेमबहादुर खत्रीको गोठमा आगलागी हुँदा एक महिलाको जलेर ज्यान गएको छ । बाटाकाचौर– ३ हरिडाँडा बस्ने प्रेमबहादुर बोहराकी श्रीमती ४५ वर्षीया पुनम बोहराको मृत्यु भएको हो ।

मानसिक सन्तुलन बिग्रिएकी बोहरा आज बिहान ११ बजे छिमेकी प्रेमबहादुरको गोठमा सुतिरहेकै बेला आगलागी भएको स्थानीयले बताएका छन् । चुरोट खाने बानी भएकी बोहरा सलाईसमेत लिएर गोठमै सुत्ने भनी घरबाट गएको जनाइएको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानमा चुरोट खाने क्रममा गोठमा आगो सल्किएको हुन सक्ने बताएको छ । बोहराको शवलाई परीक्षणका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया