विद्युत् नपुगेको ठाउँमा सहकारीद्वारा सोलार वितरण
इलाम, १३ माघ । विद्युत् सेवा नपुगेको पूर्वी कोल्बुङ र इरौँटारका केही वडामा एक सहकारीले आफ्ना सेवा क्षेत्रका सदस्यलाई सोलार सेट वितरण गरेको छ ।
इको चिया उत्पादक सहकारी संस्थाले वर्षौंदेखि टुकीको भरमा रात काट्दै आएका ३९ जना सदस्यलाई सोलार सेट प्रदान गरेको हो । यहाँको कतिपय वडामा विद्युत् सेवा नपुगेकाले सहकारीको अगुवाइमा सोलार उपलब्ध गराएको हो । “बत्तीमुनिको अध्याँरोजस्तै थियो तर सोलारले गाउँलेको अँध्यारोमा उज्यालो थपिदिएको छ”–संस्थाका अध्यक्ष माधव निरौलाले भन्नुभयो ।
बीस वाट क्षमताको सोलार १५ हजारमा खरिद गरेर प्रतिसेट दुई हजार सहुलियत दिई सदस्यलाई वितरण गरिएको हो । बीस वर्षसम्मको प्रत्याभूति गरेर सोलार बत्तीको व्यवस्था गरिदिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । कोल्बुङ र इरौँटार गाविसका कतिपय वडामा अझै पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेर टुकी बत्तीकै भरमा रात काट्न बाध्य भएका स्थानीयवासीलाई सोलारबत्तीले राहत मिलेको संस्थाले जनाएको छ ।
घरघरमा सोलारसहितको सेट सहकारीले जडान गरेपछि मोबाइल चार्ज गर्न, रेडियो सुन्नसमेत सजिलो भएको स्थानीयवासी मेघनाथ आचार्य बताउनुहुन्छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया