नेका लमजुङका नेता गुरुङको निधन
इनेप्लिज
२०७१ माघ १२ गते १५:५० मा प्रकाशित
काठमाडौँ, १२ माघ । नेपाली काँग्रेस लमजुङका नेता एवम् समाजसेवी तेजबहादुर गुरुङको आज ५१ वर्षको उमेरमा निधन भएको छ ।
उच्च रक्तचापबाट पीडित गुरुङको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रियापछि आज निधन भएको हो ।
उहाँँको पार्थिव शरीरको आजै स्वयम्भूमा गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा नेका क्षेत्र नं १ का सभापति विष्णुप्रसाद धितालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
भलायखर्क–७ का गुरुङका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया