राप्रपा नेपाल जनदबाब सिर्जना गर्दै
काठमाडौँ, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधानका विवादित विषयलाई जनमत सङ्ग्रहमा लगेर टुङ्याउन देशभर जनदबाब सिर्जना गर्ने जिम्मेवारी केन्द्रीय तहका नेतालाई दिने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न नेताले सहमति तथा विधि र प्रक्रिया कायम हुन नसकेको अवस्थामा विवादित विषयलाई जनतामा लगेर टुङ्गो लगाउन माग गरेपछि सबै जिल्लामा जनमतको वातावरण बनाउन केन्द्रीय नेतालाई सहभागी बनाउने निर्णय गरिएको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले संविधानसभामा दलहरुबीच असहमति हुँदाहुँदैे प्रश्नावली समिति गठन गर्ने सभाध्यक्षको कदमले देशभित्र राजनीतिक ध्रुवीकरण बढाउने निष्कर्ष निकालेको छ ।
बैठकमा केन्द्रीय पदाधिकारी, काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्य तथा सभासद्को सहभागिता थियो ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया