एक जिल्ला,एक औद्योगिक केन्द्र स्थापना गरिनेः उद्योग मन्त्री
इनेप्लिज
२०७१ माघ ११ गते १४:४८ मा प्रकाशित
नुवाकोट, ११ माघ । उद्योग मन्त्री महेश बस्नेतले ‘एक जिल्ला, एक औद्योगिक केन्द्र’ को स्थापना गर्न सरकार अन्तिम तयारीमा रहेको बताउनुभएको छ ।
पश्चिम वाग्मतीका युवा उद्यमीसँगको अन्तरक्रियामा आज मन्त्री बस्नेतले बढ्दो बेरोजगार समस्या समाधान र स्वदेशी उत्पादन बढाउन एक जिल्ला एक उत्पादन केन्द्रको विकास गर्न सरकारले आवश्यक नीति निर्माण गरिरहेको उल्लेख गर्नु भयो ।
उहा“ले मुलुकमा खानी, पानी र जनशक्ति भए पनि उद्योगको विकास नहुँदा मुलुकको ठूलो रकम बाहिरिन गएको छ भन्नु भयो ।
कार्यक्रममा पश्चिम वाग्मतीका उद्योगीले लगानी मैत्री वातावरण नहुँदा नयाँ व्यवसाय फष्टाउन नसकेको गुनासो गरेका थिए । व्यवसायीले स्थानीय उत्पादनले बजार पाउन नसकेकाले कार्यान्वयनमुखी स्वदेशी वस्तु निर्देशिकाको माग गरेका छन् ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया