संवादबाट सहमति गर्न एमाओवादीको आग्रह
काठमाडौँ, ८ माघ । वार्ता र संवादको माध्यमबाट सहमति कायम गरी जनताका माग र देशको आवश्यकतासँग मेल हुने गरी संविधान जारी गर्ने प्रयास थाल्न सम्बन्धित पक्षसँग एकीकृत नेकपा माओवादीले आग्रह गरेको छ ।
एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा भवनमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै संविधान बनाउने प्रयास आजै प्रारम्भ गर्न त्यस्तो वार्ता र संवादको थालनी हुनुपर्ने बताउनुभयो । सत्तारुढ दलले आफ्नो दल र त्यसमा आबद्ध मधेसी मोर्चाले गरेको संवाद र सहमतिको प्रयासलाई अस्वीकार गरेकामा आपत्ति प्रकट गर्दै उहाँले आज बिहान संविधानसभा परिसर प्रवेशमा गरिएको व्यवहार आफूहरूलाई मान्य नभएको दोहोर्याउनुभयो ।
नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावनानुसार नेपाली जनताको माग र आकाङ्क्षाबमोजिम सहमतिमा संविधान बनाउनाको विकल्प नरहेको उहाँले स्पष्ट गर्नुभयो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया