सोनाम ल्होसारमा राष्ट्रपतिको शुभकामना
इनेप्लिज
२०७१ माघ ७ गते १:४९ मा प्रकाशित
काठमाडौँ, ७ माघ । राष्ट्रपति डा रामवरण यादवले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले आज एक सन्देश दिँदै विशेष गरी तामाङ समुदायले आफ्नो परम्पराअनुसार मनाउँदै आइरहेको सोनाम ल्होसारले आफ्नो समुदायको पहिचानलाई मजबुत बनाउन तथा हिमाल, पहाड र तराईमा बस्ने हामी नेपालीबीच एकताको सूत्रमा बाँधी आपसी बन्धुत्वको भावना बढाउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति डा यादवले देशका सबै चाडपर्व, भाषा, वेषभूषा, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न सोनाम ल्होसारजस्ता पर्वले हामी सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया