गैरआबासिय नेपाली संघको आर्थिक स्थायित्व समीतीको पहिलो कन्फ्रेस कल बैठक हालै सम्पन्न भएको छ | बैठकले संघको हाल् सम्मनको आर्थिक श्रोत ,स्थिती र यस् सम्बन्धमा भएका प्रयासहरुको बारेमा समिक्षा गरेको थियो |
संघको कार्यालय र गतिबिधी सन्चालनका लागि हालसम्मन सदस्यता र बेलाबखत संकलन गरिने चन्दा र सह्योग् बाहेक अन्य स्थाई श्रोत नभएको हुँदा त्यस तर्फ छलफल चलाई बैकिल्प स्थाई श्रोतहरु तयार गर्ने तर्फ बैठकमा छलफल गरिएको थियो | समितिले यो सम्बन्धमा अल्पकालिन र दिर्घकालिन रणनिती तयार गरी अन्तरराष्ट्रिय समितिमा कार्यन्वयनका लागि शिफारिश गर्ने निर्णय गरेको छ |
बैठकले दिर्घ कलिनरणनिती तयार गर्न डिल्ली भट्टराई ( अमेरिका ) र अल्पकालिन रणनिती तयार पार्न भैरब ढकाल ( अस्ट्रेलिया )लाई संयोजक तोकेको छ | बैठक समितिका संयोजक तथा संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा सन्चालन भएको थियो |
प्रतिक्रिया