१३ जना एसएसबी शसस्त्र प्रहरीको नियन्त्रणमा

इनेप्लिज २०७२ मंसिर १३ गते ३:४७ मा प्रकाशित

झापा, १३ कात्तिक । झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जनालाई सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेदाउँदै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरुलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई प्रक्रिया पुर्याएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने शसस्त्र स्रोतले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताएका छन् ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको टोली केचनातर्फ गएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया