हिन्दुहरुको दोस्रो महान पर्व शुभ दीपावलीको उपलक्ष्यमा कनेक्टिकट नेपाली समाज(नेकोन)ले नोभेम्बर १३,१४ तथा १५ तारिख गरी ३ दिन अमेरिकाको कनेक्टिकट राज्यमा देउसी तथा भैलो खेल्यो । देउसी खेल्ने क्रममा १३ स्थानलाई केन्द्रविन्दु बनाई करिब २१० घरधुरी लाई समेटिएको जानकारी नेकोन देउसी तथा भैलो कार्यक्रम संयोजक केशव शर्मा दाहालले दिनु भयो ।
देउसी तथा भैलो खेल्ने क्रममा स्टोर्स,विन्जर्स लगायतका टाढा–टाढाका स्थान तथा नेपाली भाषी भुटानीहरुको घरपरिवारलाई समेत समेटिएको थियो । कार्यक्रममा सस्थाका पदाधिकारी तथा सहभागीहरु नेपाली पोशाकमा सजिएका थिए । उक्त कार्यक्रम एकदमै मनोरञ्जनपुर्ण र कलाकारहरुले प्रस्तुत गरे जस्तै देखिन्थ्यो ।
कार्यक्रममा विभिन्न देउसी गीत प्रस्तुत गरिएको थियो भने बालकलाकार बिनाक्षा घर्तीमगरको नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । देउसी तथा भैलो भट्याउने काम केशव शर्मा दाहाल तथा प्रकाश भट्टराई तथा ध्वनी नियन्त्रण तथा व्यवश्थापन प्रमोद प्रधानले गर्नुभएको थियो उक्त कार्य देउसी भैलोमा मुख्य भुमिकाको रुपमा आउने गर्दछ । कार्यक्रममा नेपाल बाट आउनु भएका आमा,बुबा तथा कनेक्टिकट बासी घरधनीहरुको उल्लेखनिय सहभागिता हुनुको साथै आ आफ्नो गक्षअनुसार दान दक्षिणा नेपाली परम्परा अनुसार प्रदान गरेका थिए ।
नोभेम्बर १५ तारिखका राती कार्यक्रमको समापन गदै सस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिदै यस्ता सास्कृतिक कार्यक्रमले सस्था तथा कनेटिकटको नेपाली समाजलाई एकतावद्घ बनाउने विस्वास व्यक्त गर्नु भयो । साथै उहाँले कार्यक्रममा स्थान उपलब्ध गराउने मुल घरधनी तथा सहयोग पुर्याउने घरधनीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । सोही समारोहमा नेकोन देउसी तथा भैलो कार्यक्रम संयोजक केशव शर्मा दाहालले कार्यक्रमा सहयोग गर्ने महानुभाव हरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसरी विभिन्न चाडपर्वका समयमा आयोजना गरिने यस्ता कार्यक्रमले एकातिर परदेशमा रहेर क्षणिक रुपमा भएपनि स्वदेशको आभास दिदै आफ्नो धर्म,कला,सस्कृति,रितिरिवाजको जर्गेना गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउ मद्दत गर्दछ भने अर्कोतर्फ नयाँ पुस्तालाई धर्म,कला,सस्कृति,रितिरिवाजको बारेमा सिकाउ छ । त्यसैले आफ्नो धर्म,कला,सस्कृति,रितिरिवाजको जविन्तता दिर्दै अन्तराष्ट्यि स्तरमा परिचित गराउ यस्ता कार्यक्रम निरन्तर रुपमा प्रवासमा संचालन गनुपर्ने देखिन्छ ।
प्रतिक्रिया