इलाम, १४ असोज । इलामको पशुपतिनगरमा आज श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम पशुपतिनगर–४ की ५२ वर्षिया बोधरानी देवान प्रधान रहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण श्रीमान् कुमार प्रधानले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो । प्रहरीले प्रधानलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया