निकुञ्जले पन्ध्र गैँडा मुद्दाको फैसला

इनेप्लिज २०७२ असोज ८ गते ५:०० मा प्रकाशित

6d9514bc-0601-d728-035b-00001ed4d248_1रत्ननगर (चितवन), ८ असोज । चितवन राष्ट्रिय निकुञ्जले १५ वटा गैँडा मुद्दा फैसला गरेको छ । ती मुद्दामा ६६ जनालाई कैद फैसला गरेको छ भने तीन जनाले सफाइ पाएको निकुञ्जले जनाएको छ ।

अझै ११ जना फरार रहेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले आज यहाँ जानकारी दिनुभयो । गैँडा मारी खाग बिक्री गरेको आरोपमा दोषी ठहर गर्दै ६६ जना कारबाहीमा परेको निकुञ्जले जनाएको छ ।

उनीहरुबाट रु ४६ लाख बढी राजस्व सङ्कलन भएको छ । निकुञ्जका अनुसार छ जनामाथि भने २ देखि ६ वटासम्म गैँडा मुद्दा लागेको छ ।

गतवर्ष भएका गतिविधिबारे जानकारी दिँदै प्रवक्ता पौडेलले पछिल्लो समयमा भने चोरी सिकारका घटनामा कमी आएको बताउनुभयो ।

सबैभन्दा धेरै समय कारबाहीमा परेकामा मनाङ घर भई ईचङ्खुनारायण बस्दै आएका पेम्बा गुरुङ, चितवनको माडी बघौडाका महेन्द्र सहनी, कोराकका काजीमान प्रजा र राजकुमार प्रजा, सोही ठाउँका शिवलाल विक, खैरहनीका बुद्धिबहादुर प्रजा, मिलन प्रजा र बलबहादुर प्रजा छन् ।

यस्तै सिद्धीका दिलबहादुर प्रजा, मकवानपुरका रामशरण प्रजा, काठमाडौँ जोरपाटीका नोरसाङ लामा, नुर्पु छुदेन लामा, काठमाडौँकै दिधी लामा छन् । उनीहरुलाई भने निकुञ्जले १५ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको छ ।

काजिमान र राजकुमारमाथि ६, बुद्धिबहादुरमाथि ५, बलबहादुर माथि ४, शेरबहादुर र कमल प्रजामाथि २÷२ वटा मुद्दा चलाइएकामा सबै मुद्दामा दोषी ठहर भएका छन् । उनीहरुमाथि हरेक मुद्दामा १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाइएको छ ।

अन्यलाई भने कम्तीमा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवानाको फैसला सुनाएको निकुञ्जद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया