विराटनगरका मारवाडी समुदायबाट महाश्रमणलाई अभिनन्दन

इनेप्लिज २०७२ असोज ३ गते १४:२० मा प्रकाशित

विराटनगर, ३ असोज । विराटनगरका मारवाडी समुदायबाट जैनगुरु आचार्य महाश्रमणलाई आज एक समारोहबीच अभिनन्दन गरिएको छ ।

जैन भवनमा जारी चातुर्मासको सन्दर्भमा मारवाडी समुदायका विभिन्न सङ्घसंस्थाका तर्फबाट महाश्रमणलाई अभिनन्दन गरिएको हो ।

मारवाडी सेवा समितिका अध्यक्ष राजकुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा मारवाडी राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष भीकमचन्द सरलले सम्पूर्ण समुदायका तर्फबाट अभिनन्दन गर्नुभयो ।

समितिका उपाध्यक्ष शङ्करलाल अग्रवालले जैन गुरुको ज्ञान प्रसार विश्वभरिका मानिसलाई प्रेरणाको स्रोत भएको बताउनुभयो ।

समाजसेवी बेनीगोपला मुन्दडाले नेपालमा संविधान आएको दिन नै गुरुलाई स्वागत अभिनन्दन गर्न पाउनु ठूलो अवसर भएको बताउनुभयो ।

प्रतिक्रिया