युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै यस हप्तामा युक्रेनले विभिन्न मित्र राष्ट्रहरूसँग गरेका महत्वपूर्ण सहकार्यहरूको जानकारी दिएका छन्।
उनले भने, “डेनमार्कसँग हामीले सहउत्पादन (साझेदारीमा हतियार निर्माण) गर्ने नयाँ सम्झौताहरू गरेका छौं। डेनमार्कले युक्रेनकै रक्षा उद्योगमा लगानी गर्ने नमुना ( मोडल)सफल भएको छ। अब हामी डेनमार्कमा मात्र होइन, अन्य साझेदार देशहरूमा पनि संयुक्त रूपमा काम गर्दैछौं।”
जेलेन्स्कीले बताएअनुसार, विशेषगरी मानव रहित यान( ड्रोन) र अन्य अत्यावश्यक हतियारहरू निर्माणमा ती सहकार्य उपयोगी हुनेछन्। साथै, अमेरिकाको एक प्रमुख प्रतिष्ठानसॅग पनि मानव रहित यान( ड्रोन) क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ।
राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो गरिएको दूरवार्तालाई “फलदायी” भन्दै धन्यवाद दिए।
“हामीले वायु सुरक्षाको विषयमा गम्भीर छलफल गर्यौं। अमेरिकाबाट पाइने पेट्रियोट प्रणालीहरू प्राक्षेपिक क्षेप्यास्त्रहरूबाट जोगिनका लागि आवश्यक छन्,” उनले भने।
स्विडेनले युक्रेनलाई नयाँ रक्षा सहायता सॅम्पुष्टी (प्याकेज )दिने निर्णय गरेको छ। जर्मनीसँग वायु सुरक्षा प्रणालीका निर्णयहरू चाँडो गर्न सहकार्य भइरहेको छ। लाट्भियाले पनि नयाँ सहयोग प्याकेज दिने घोषणा गरिसकेको छ।
जेलेन्स्कीले अन्त्यमा भने, “हाम्रो देश र जनताको सुरक्षाका लागि साथ दिने सबैलाई म गहिरो धन्यवाद दिन चाहन्छु।”
प्रतिक्रिया