अमेरिकामा भारतीय मूलकी बाल रोग विशेषज्ञ आमाबाट छोरीको हत्या : डुबेको नाटक गरेकी प्रहरीको आरोप

इनेप्लिज २०८२ असार २० गते १:३३ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमाकी भारतीय मूलकी एक बाल रोग विशेषज्ञ (पेडियाट्रिसियन) आमा डा. नेहा गुप्ता आफ्नी ४ वर्षीया छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्। उनले छोरीलाई मारेर त्यसलाई पौंडी खेल्दा डुबेको जस्तो देखाउने प्रयास गरेको प्रहरीको भनाई छ।

फ्लोरिडा मायामी -डेड शेरिफ कार्यालयका अनुसार, घटना जुन २७ तारिख राति करिब ३:४० बजे फ्लोरिडाको एल पोर्टल भन्ने स्थानमा भएको हो। बाल रोग बिशेषज्ञ गुप्ताले प्रहरीलाई छोरी पौंडी पोखरीमा डुबेको अवस्थामा भेटिएको बताइन । बालिकालाई अस्पताल लैजाँदा बिहान ४:२८ बजे मृत घोषणा गरियो।

तर, शव परीक्षणमा बच्चाको फोक्सो र पेटमा पानी नभेटिएको प्रतिवेदन (रिपोर्ट )आएको छ। बालिकाको मुखभित्र चिरा र गालामा नीलडाम देखिएको थियो। विशेष प्रहरी अनुसन्धानका अनुसार यसको मतलब श्वास रोकेर हत्या गरिएको संकेत गर्छ। प्रहरी प्रतिवेदन अनुसार बालिका पोखरीमा राखिनु भन्दा पहिले नै मरेकी थिइन्।

गुप्ताले छोरीले रात्री भोजन खाएकी भनेकी थिइन्, तर पेट खाली पाइयो।

प्रहरीले निष्कर्ष निकाल्दै उनले हत्या लुकाउन डुबेको जस्तो नाटक गरिन्। उनलाई ओक्लाहोमा शहरबाट पक्राउ गरी मायामी-डेड काउन्टीमा लगेर पहिलो श्रेणीको हत्याको मुद्दा लगाइनेछ।

अहिलेसम्म चिकित्सक गुप्ताको तर्फबाट कानुनी प्रतिनिधि कोही सार्वजनिक भइसकेका छैनन्।

प्रतिक्रिया