ट्रम्पको नेतृत्वमा रिपब्लिकनहरू कर सुधार विधेयक अघि बढाउन सक्रिय , ट्रम्प सिनेटर थुन र जोन्सनसँग आपतकालीन बैठकमा

इनेप्लिज २०८२ असार १६ गते १८:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प आज सिनेटका बहुमत नेता जोन थुन र प्रतिनिधिसभाका सभामुख माइक जोन्सनसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दैछन्। ह्वाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले पत्रकारहरूलाई उनीहरूको भेटको उद्देश्य ट्रम्पको ठूला कर कटौती र खर्च योजनालाई जुलाई ४ अघि पारित गर्ने प्रयासलाई अन्तिम चरणमा पु-याउनु हो भनिन् ।

“राष्ट्रपतिलाई राम्रोसँग थाहा छ कि यो विधेयक सिनेटबाट मात्र होइन, पुनः प्रतिनिधिसभाबाट पनि पारित हुनुपर्छ। त्यसका लागि रिपब्लिकन सम्मेलनको पूर्ण समर्थन आवश्यक छ ,हामी विश्वस्त छौं कि त्यो समर्थन पाउनेछौं,” लेभिटले भनिन्।

उनले थपिन्, “राष्ट्रपति सिनेटका नेता थुन र सभामुख माइक जोन्सनसँग हातेमालो गर्दै काम गरिरहनु भएको छ। आज दुवै जना फेरि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट्नेछन्। “

यो बैठक ट्रम्प प्रशासनको बहुप्रतिक्षित कर सुधार र खर्च विधेयकलाई कानूनी रूप दिन निर्णायक बन्न सक्ने बताइएको छ। ट्रम्प बिशाल सुन्दर विधेयक पारित भएमा यो ट्रम्पको आर्थिक नीतिमा अर्को ठूलो उपलब्धि मानिनेछ।

प्रतिक्रिया