अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कार्यसूची विधेयक अन्तिम मतदानतर्फ अघि बढ्ने क्रममा अमेरिकी सीनेटमा भोट -ए -रामा अर्थात् अनवरत संशोधन मतदान सत्र भनिने ऐतिहासिक र दीर्घकालीन मतदान सत्र आज (सोमबार) बिहान ९ बजे (पूर्वी अमेरिकी समय) सुरु हुने भएको छ।
यो जानकारी सिनेट रिपब्लिकनका जोन बारासोको कार्यालयले पठाएको सूचनामार्फत सार्वजनिक भएको हो।
मतदान सत्रमा सीनेट सदस्यहरूले जति चाह्यो त्यति संशोधन प्रस्ताव गर्न र मतदान गराउन पाउनेछन्, जुन अन्तिम विधेयकमा समावेश हुने/नहुने निर्णयमा प्रभाव पार्नेछ। यो प्रक्रिया थकाई लाग्ने, लामो र अत्यन्त रणनीतिक हुने मानिन्छ।
यसअघि सीनेटमा यो सत्र राति नै सुरु हुने अपेक्षा गरिएको थियो, तर अब बिहान ९ बजेदेखि सुरु हुने तय भएको छ।
यो विधेयक राष्ट्रपति ट्रम्पको नीति, कर प्रणाली, आप्रवासन, व्यापार, र सुरक्षाजन्य कार्यसूचीहरूलाई समेटेको ऐतिहासिक प्रस्ताव हो, जसमा डेमोक्र्याट र रिपब्लिकन दुबै पक्षबाट गहिरो बहस र कडा संशोधनहरू प्रस्ताव हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया