इटलीको भेनिसमा एमाजोनका बेजोस तथा पत्रकार सान्चेजको भव्य विवाह सम्पन्न: बिश्वका चर्चित कलाकारहरुको जमघट

इनेप्लिज २०८२ असार १४ गते १०:४८ मा प्रकाशित

एमाजोन र ब्लू ओरिजिनका संस्थापक जेफ बेजोस र पत्रकार लरेन सान्चेजले भेनिसमा भव्य समारोहका बीच विवाह गरेका छन्। उक्त बिबाह समारोहमा बिश्वविख्यात कलाकार तथा बिशेष व्यक्तित्वहरु भेनिसमा जम्मा भएका छन् ।

सान्चेजले सामाजिक संजाल इन्स्टाग्राममा नवविवाहित जोडीको विवाहको पोशाकमा सजिएको तस्बिरहरु साझा गर्दै उनीहरू आधिकारिक रूपमा विवाहित भएको जानकारी दिएकी छन्।

विवाह समारोहअघि, गत बिहीबार साँझ, दम्पतीलाई म्याडोना डेल’ओर्टो गिर्जाघर (चर्च)को बगैंचामा आयोजित रात्रि भोजमा चुम्बन आदानप्रदान गरिरहेको तस्बिर खिचिएको थियो। शुक्रबार, विवाह समारोहका लागि उनीहरू र उनीहरूका कलाकार (सेलिब्रेटी) पाहुनाहरू भेनिसका बिलाशिता पाहुनाघरहरूबाट निस्कँदै गरेको तस्बिर खिचिएको थियो।

यस विवाहमा ओप्रा विन्फ्री , क्रिस जेनर, किम कार्ड़ाशियन, एली गोल्डिङ र इभान्का ट्रम्प लगायतका करिब २०० जना प्रख्यात पाहुनाहरूको उपस्थिति थियो। मुख्य समारोह सान जर्जियो मागियोरे टापुमा कार्यक्रम सम्पन्न भएको बताइएको छ। सुरक्षाको कारण टापु वरपर थप प्रहरी डुङ्गाहरू परिचालन गरिएको थियो। यो विवाह भेनिसको सुन्दरतामा कलाकारहरूको चहलपहलका साथ सम्पन्न भएको छ।

प्रतिक्रिया