इरान अभियान(मिसन)मा संलग्न भएका बी-२ स्टेल्थ बमबर्षक बिमानका बिमान चालकहरू सकुशल संयुक्त राज्य अमेरिका फर्किएका छन् । अमेरिकाको मिजौरी राज्यमा अवतरण गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ उक्त जानकारी दिएका हुन् । यो समाचार लेख्दा सम्म २५ मिनेट अगाडी मात्र उनले प्रकाशन गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक ट्रुथ सोसलमा यस्तो लेखेका छन्, “महान बी-२ बिमानचालकहरू भर्खरै, सकुशल, मिजौरीमा अवतरण गरेका छन्। उत्कृष्ट कार्यका लागि धन्यवाद !!! डोनाल्ड जे. ट्रम्प, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति !”
रक्षा सचिव पीट हेगसेथले पेन्टागनको पत्रकार सम्मेलनमा बताएअनुसार, बी-२ बम्बरहरू शुक्रबार मध्यरातदेखि शनिबार बिहानसम्म मिजौरीबाट उडेका थिए। यो १८ घण्टाको यात्रा विमानहरूको दुई दशकभन्दा बढी समय यताको सबैभन्दा लामो अभियान थियो।
प्रतिक्रिया