इजरायली सेनाले आइतबार मध्य इरानमा सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्रका गोदामहरूमा हमला गरेको जनाएको छ। यो स्थान इजरायली भूभागबाट करिब २,२०० किलोमिटर (१,३६७ माइल) टाढा रहेको छ।
इजरायल रक्षा बलका प्रवक्ता एफी डेफ्रीनका अनुसार आइडिएफले इरानी शहर याजदमा रहेका सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्रका गोदामहरूमा आक्रमण गरेको हो। आइडिएफले आफ्नो सामाजिक संजाल एक्समा पनि श्रब्यदृश्य (भिडियो)सहित जनाकारी दिएको छ ।
एक पत्रकार सम्मेलनमा बोल्दै डेफ्रीनले भने, “आज दिनभरि, हामीले (इरानको) क्षमताको ह्रासलाई अझ गहिरो बनाउँदै इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको क्षेप्यास्त्र उत्पादन स्थलहरूमा इरानको भित्री भागमा व्यापक स्तरको हमला गर्यौं।”
उनले थपे, “यी हमलाहरू हाम्रो इरानी हतियार कार्यक्रम र शासनको क्षेप्यास्त्र उत्पादन उद्योगलाई कमजोर पार्ने हाम्रो व्यापक प्रयासको अंशहुन्।”
प्रतिक्रिया