इरानमा अमेरिकी हमलापछि राष्ट्रपति ट्रम्पको आज सार्वजनिक कार्यक्रम छैन, स्थिति पत्ता लगाउन केन्द्रित

इनेप्लिज २०८२ असार ८ गते ११:१८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको आज कुनै सार्वजनिक कार्यक्रम नभएको सिएनएनले जनाएको छ । उनी र उनको टोलीले तीन इरानी आणविक स्थलहरूमा हमला गर्ने उनको निर्णयपछि इरानको जवाफी कारबाहीलाई नजिकबाट नियालिरहेका छन्।

ह्वाइट हाउसले राष्ट्रपतिको कार्यसूची (एजेन्डा)मा कुनै विशेष बैठकहरू सूचीकृत नगरिएको तर सिएनएनले त्यसको सम्भावनाबारे सोधपुछ गरेको उल्लेख गरेको छ ।

जोइन्ट चिफ्स अफ स्टाफ अर्थात् सशस्त्र बलका संयुक्त प्रमुख ड्यान केन र रक्षा सचिव पीट हेगसेथले बिहान ८ बजे (अमेरिकी पूर्वीय समय) पेन्टागनमा अमेरिकी कारवाही बारे पत्रकारहरूलाई जानकारी दिने कार्यक्रम रहेको छ।

राष्ट्रपति ट्रम्पले गत राती १० बजे राष्ट्रको नाममा सम्बोधन पछि आज बिहान ८ बजे कार्यक्रम हुने बताएका थिए । गत राती उनले धेरै कुरा जानकारी गराएनन् तर इजरायललाई धन्यबाद दिए । त्यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि ट्रम्प प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया