राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा तोशिमा कार्कीसँग डिसी महानगर क्षेत्रमा अन्तर्क्रिया गरिने

इनेप्लिज २०८२ असार ८ गते ११:३९ मा प्रकाशित

अमेरिकाको बिभिन्न राज्य तथा शहरहरुको भ्रमणमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा तोशिमा कार्कीसँग डिसी महानगर क्षेत्रमा अन्तर्क्रिया गरिने भएको छ ।

आयोजक प्रवास नेपाली सम्पर्क समितिका अनुसार आगामी जुन २६ ,२०२५ बिहिबारका दिन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको फेयरफ्याक्समा अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।

आयोजक प्रवास नेपाली सम्पर्क समितिले यस क्षेत्रमा बसोबास गर्नु हुने नेपाली समुदायलाई सहभागीको लागि आह्वान गरेको छ ।

कार्यक्रम बिहिबार साँझ ६ बजे फेयरफ्याक्स स्थित 10520 Warwick Ave ,Fairfax ,VA 22030 मा हुनेछ ।

प्रतिक्रिया