इरानी आणविक केन्द्रमा हमला पछि ट्रम्पद्वारा राष्ट्रको नाममा सम्बोधन , आक्रमणको विश्वभर प्रभाव

इनेप्लिज २०८२ असार ८ गते २:२८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै इरानका तीन आणविक केन्द्रहरूमा अमेरिकी सैन्य हमलालाई “शानदार सैन्य सफलता” को रूपमा व्याख्या गरेका छन्। ट्रम्पका अनुसार, “इरानका प्रमुख आणविक संवर्धन सुविधाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।” यस ऐतिहासिक घोषणाका क्रममा उनलाई उपराष्ट्रपति जेडी भान्स, विदेशसचिव मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथले साथ दिएका थिए।

यस हमलामा अमेरिकी वायुसेनाका अत्याधुनिक बी-२ स्पिरिट बमबर्षक विमानहरू प्रयोग गरिएका थिए। यी बमबर्षक बिमानहरु प्रतिरक्षा प्रणालीहरू पार गर्दै छोटो समयमा विश्वको जुनसुकै स्थानमा ठूलो मात्रामा मारक क्षमता पुर्याउन सक्छन्,” वायुसेनाको तथ्यपत्रमा उल्लेख छ।

दुई जना चालक दलले उडाउने, ४०,००० पाउण्ड भार बोक्न सक्ने र हवाई इन्धन भरण गरेर असीमित दायरासम्म उडान गर्न सक्ने यी चार यन्त्रयुक्त बमबर्षक हरू आणविक वा परम्परागत हतियारहरूले सुसज्जित हुन हुन्छन ।

सन् १९८९ मा पहिलो उडान भरेका यी बिमानहरूले सन् १९९९ मा कोसोभो युद्धमा पहिलो पटक आफ्नो युद्ध कौशल देखाएका थिए, जहाँ उनीहरूले आफ्नो मिजौरीबाट सर्बियाली लक्ष्यहरूमा लगातार हमला गरेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति राष्ट्रका नाममा संक्षिप्त सम्बोधनका क्रममा आइतबार बिहान पेन्टागनमा शीर्ष अधिकारीहरूले इरानी आणविक केन्द्रहरूलाई लक्षित गरी गरिएको अमेरिकी कारबाहीबारे छलफल गर्न पत्रकार सम्मेलन गर्ने घोषणा गरे।

ह्वाइट हाउसमा साढे तीन मिनेटको आफ्नो सम्बोधनको अन्त्यमा ट्रम्पले भने, “भोलि, सैनिक प्रमुख केन, रक्षासचिव पीट हेगसेथले बिहान ८ बजे पेन्टागनमा पत्रकार सम्मेलन गर्नेछन्।” उनले हमलाको बारेमा खासै विस्तृत जानकारी दिएनन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार बिहान इरानमा अमेरिकाले गरेको हमलाप्रति आफू “गम्भीर रूपमा चिन्तित” रहेको बताएका छन्। उनले शान्तिको लागि आह्वान गर्दै अशान्त यस क्षेत्रमा थप तनाव बढ्न नदिन चेतावनी दिएका छन्।

प्रतिक्रिया