तीन महिनापछि स्वतन्त्रता : प्यालेस्टिनी कार्यकर्ता महमूद खलिल हिरासतबाट मुक्त

इनेप्लिज २०८२ असार ७ गते ०:४२ मा प्रकाशित

प्यालेस्टिनी कार्यकर्ता महमूद खलिललाई तीन महिनापछि लुजियानाको आप्रवासन केन्द्रबाट शुक्रबार साँझ मुक्त गरिएको छ। उनी न्यूयोर्कको कोलम्बिया विश्वविद्यालय बाहिर पक्राउ परेपछि मार्च देखि जेना, लुजियानास्थित आइसिइ हिरासत केन्द्रमा थुनिएका थिए।

अदालतले खलिललाई कुनै खतरा नरहेको भन्दै धरौटीमा रिहा गर्ने आदेश दियो। संघीय न्यायाधीश माइकल फर्बिअर्जले खलिलप्रति “संवैधानिक प्रक्रिया उल्लंघन” गरिएको बताउँदै, हिरासत “अत्यन्त असाधारण” र “अन्यायपूर्ण ढंगमा गरिएको” भन्दै कडा आलोचना गरे।

खलिलले अमेरिकी नागरिकसँग बिबाह गरेका छन् । उनि माथि कुनै आपराधिक मुद्दा छैन् । ट्रम्प प्रशासनको आप्रवासी कार्यकर्ता दबाबको पहिलो शिकार हुन्।

“हामी अझै पनि हिरासतमा रहेका निर्दोष आप्रवासीहरूलाई पछि छोड्दैछौं,” खलिलले भने। उनले ट्रम्प प्रशासनमाथि “अमेरिकामा जोसुकै होस्, तिनीहरूको मानवताको हक खोस्ने” प्रयास गरिरहेको आरोप लगाए।

उनकी पत्नी नूर अब्दल्लाले भनिन्, “हाम्रो पहिलो सन्तानको जन्मको समयमा उनी हामीबाट टाढा थिए। अब परिवारसँग फर्कने भन्ने थाहा पाउँदा म केही सास फेर्न सकेको छु।”

अदालतको आदेश अनुसार खलिललाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाइएको छ तर उनी न्यूयोर्क फर्कन पाउनेछन्। वकिल नूर जफरले भनिन् , “आज अभिव्यक्ति स्वतन्त्रताका लागि विजयको दिन हो।”

प्रतिक्रिया